Posts

मलाई बा सम्झाइदिनु

Image
मैले खाएको थाल उठाउन बिर्सें भने बा ले पातमा खाएको सम्झाइदिनु जतन गरि खान जानिन भने बा लाई खान नपाएर लागेका रोग सम्झाइदिनु केही गरि आफ्ना कर्तव्य भुलिदिएँ भने त्यो पाखोमा बा ले मलाई हुर्काएको सम्झाइदिनु जिन्दगी न हो, कोशिश गर्दागर्दै हार खाएँ भने बा ले हारेर पनि जितेका कहानी सम्झाइदिनु मन गर्हौँ भएर आँसु झर्न सकेनन् भने एकान्तमा बा रोएको सम्झाइदिनु प्रिय तिम्रो चित्त केही गरि दुखाएँ भने बा को मुटु मेरी आमा सम्झाइदिनु मलाई हर सुख दुख मा बा सम्झाइदिनु हर सफलता अनि हारमा बा सम्झाइदिनु भगवान तिमीलाई यति माग्छु म आफुलाई बिर्सदा होस् या सम्झदा मलाई बा सम्झाइदिनु बा नहुँदा मलाई अरु पर्दैन, कसैले केवल बा भनिदिनु म सबथोक भुलिदिन सक्छु तर मेरा बा र उनका संघर्ष ... अहँ ।

शुभकामना

Image
छुटेका चप्पल चुँडाइदिन सँगै कुदेकाहरुलाई शुभकामना टालेको छानो चुहाइदिन ढुङ्गा हान्नेहरुलाई शुभकामना हिजो मलाई घृणा गर्थे आज सक्ने भएछु नजिक आएका छन् थाहा छ तानेरै भएपनी पछि पार्छन् उनीहरुलाई आजै शुभकामना आज मिलाइएका यी हातहरु भोलि बिदाइमा नहल्लिएलान् भन्न सकिन्न भोलिहरु पिडादायी बनाउन बन्दै गरेका यी यादहरुलाई शुभकामना प्रेमको भाषा थरीथरी रहेछ यता आमा कुरिरहेछिन् उता उनी कुराइरहेछिन् माया एक नाटक सिद्ध भयो पुनः मंचन गरिरहेकी उनीलाई शुभकामना ।  

खुसी

Image
औंसीको रात थियो आकाशमा जुन थिएन घर एकलासमा थियो कुनै धुन थिएन हेरत चुलामा आमा एक्लै मुस्कुराउँदै छिन् आज बाले ल्याएको चामलमा घुन थिएन तिमी किन गहना बिना खुसी हुन सक्दैनौ मैले थाहा पाए देखि आमाको पनि सुन थिएन ।

म को हुँ ?

Image
म कसैको लागि ठेट्नो हुँ कसैको लागि गुदी हुँ त कसैको लागि भुस । हो म त्यो सिङ्गो आवरण हुँ जसको अस्तित्व एकै छैन । मेरो अङ्ग अङ्ग अनुसार मेरो पहिचान, उपयोग भिन्नभिन्न छ । हो म त्यो ठेट्नो हुँ जसलाई गुदिको आशमा मरेतुल्य कुटिएको छ । म त्यही ठेट्नो बिचबाट निस्किएको गुदीपनी हुँ जसको महत्व भुसबाट अलग्याएर केही खास बनाइएको छ । म त्यही भुस पनि हुँ जसले गुदीको ख्याल राखेको थिएँ । तिमी मलाई के बनाउन चाहन्छौ तिम्रो मर्जी । तर म पुर्ण छु, थाहा छ अब रहन्न । तिमीले जे बनाएपनी टुट्ने म नै हुँ । तिमी मलाई ठेट्नोलाई झैँ कुटेर गुदी आफुसँग राखी भुसलाई झैँ अलपत्र छोड्न सक्छौ । यदी तिमी मलाई प्रेम गर्छौ भने- भुस 'मेरो अंश' जसलाई मल बनाइदिनु मैले फेरि आफैलाइ पुनर्जीवन दिनु छ । गुदीको केही अंस माटोमा गाडिदिनु अनि कुहिएको भुस हालिदिनु । तिम्रो मर्जीको लागि भएपनी पुनः मलाई आफैंले आफुलाई जन्माउनु छ । टुकृएको "म" लाई सिङ्गो फेरि बनाउनु छ । किनकि तिमीले पनि त बाँच्नु छ, तिम्रो पनि त अस्तित्व छ ।

तिमी

Image
                                  आँखाहरु तिम्रै तस्बिरमा रोकिन्छन् अक्सर सोचाइहरु तिमीतिरै मोडिन्छन् परिवार अनि आफन्त सबै सँगै छ न् फगत ती साथहरुमा तिम्रै कमी भेटिन्छन् थाहा छ तिमी अब फर्किन्नौ भन्ने तैपनि बारबार तिमीलाई भुल्ने प्रयास तोडिन्छन् गन्तव्य छ, सपना छन्, हिँड्नु धेरै छ तिमीबिना बाटाहरु धमिला देखिन्छन् बिर्सन कै लागि हरेक पल तिमीलाई सम्झन्छु निश्चय, तिमी नसम्झिएकै दिन मेरा यात्रा सकिन्छन् ।

उनी 💗

Image
उनी मेरो लागि यस्ती थिइन कि  जस्तो अन्त्यको लागि सुरुवात थियो  अनि मृत्युको लागि जन्म । उनले अन्तिम पल्ट मेरालागि निकालेका ती प्रेमिल शब्दहरुको सङ्गालो  मलाई संसार कै उत्कृष्ट लाग्छ । उचाइमा पुगेको बेलुन आफै फुटेझैँ उ चाइमा पुगेको सम्बन्ध टुट्दा  फुटेको बेलुनझैँ आफ्नो अस्तित्व हराएको पाउँछु । फल लागेपछी झरेको फुल बिर्सिएको बोटले झैँ  उनले बिर्सिएको आभास हुन्छ । नचाँहदा नचाँहदै उनको प्रतिकारमा उत्रीएका यी शब्दहरुले  उनका पाइलाहरुलाई झनै आफुबाट टाढा बनाउन सहयोग गर्दैछन् । मेरो हृदयको क्यानभासमा कोरिएको उनको तस्वीरहरु यति सुन्दर छन् कि सायदै यहाँका रङ्गहरुले सुन्दर देखिएलान् । ती तस्वीरहरु यसरी कोरिएका छन् कि न उनलाई बिर्सिन दिएका छन्, न त उनका लागि पत्थर सावित भएको यो मनले  उनका यी तस्वीरहरु मेटाउन नै सकेका छन् । जीवनको समाप्तिसम्म उनका साथ र सामीप्यताले  प्रत्येक पल सजाउने सुनौलो सपनाहरुमा यसरी खिया लागेका छन् कि जीवन जिउन देखेका हरेक सपनाहरुले रङ्ग बदल्न थालेका छन् । मलाई जीवन दिएकाहरुले नै जीवनको कठिनता सिकाउँदै छन्  मलाई बचाएर राखेका यी हाव...

नशा

Image
अचेल मलाई यो नशा आफुभन्दा निकै प्यारो लाग्छ सायद त्यती प्यारो बिगतमा म आफैँ आफ्नो लागि थिइन अनि म आफुलाई सबैभन्दा बढी प्रेम गर्ने मान्छे आज यो नशाले मेरै आत्मप्रेम घटाएको छ नघटाओस् पनि कसरी जबकी त्यही नशा मै आफूलाई पाउन थालेको छु मलाई मेरो आफ्नै पहिचानबाट अलग्याएको छ नअलग्याओस् पनि कसरी जब त्यही नशा नै मेरोलागि पहिचान बनेको छ म मेरो नशासँग यति नजिक भएको छु कि सायदै त्यति नजिक मसँग मेरा भावनाहरु छन् जसरी हावा आफ्नै बेगमा बहिरहेको छ त्यसैगरी म मेरो नशामा बहिरहेको छु कहिले प्रेमिल रुपमा स्थिर गतिमा त कहिले आँधी जस्तै कठोर शैलीमा त्यति गहिराइ त सागरको पनि नहोला जति मेरो नशाको डुबाइमा हुने गरेको छ मेरो नशामा रहेको सदाबहार बगाइ देखेर नदीहरु थाक्न थालेका छन् नशामा झुमेको शान्त मलाई नियाल्दै मोती झैँ टल्किएका हिमालहरु एकोहोरिएका छन् ती चिरबिर आवाजसँगै गुन्जिएका भयानक जंगलहरु नशामा बिक्षिप्त मलाई नियालिरहेका छन् आफ्नो अस्तित्व जोगाउन आफ्नै नशासँग लडिरहेको म प्रत्येक पल नशा मै विलय भैरहेको छु नशाबाट बाहिर निस्किन नशाभित्रको उचाइ छोएको म नशामा यति तल्लिन छु कि म आफैंलाई यकिन छैन आखिर यो नशा कस्तो...