तिमी

                                 







आँखाहरु तिम्रै तस्बिरमा रोकिन्छन्

अक्सर सोचाइहरु तिमीतिरै मोडिन्छन्


परिवार अनि आफन्त सबै सँगै छन्

फगत ती साथहरुमा तिम्रै कमी भेटिन्छन्


थाहा छ तिमी अब फर्किन्नौ भन्ने

तैपनि बारबार तिमीलाई भुल्ने प्रयास तोडिन्छन्


गन्तव्य छ, सपना छन्, हिँड्नु धेरै छ

तिमीबिना बाटाहरु धमिला देखिन्छन्


बिर्सन कै लागि हरेक पल तिमीलाई सम्झन्छु

निश्चय, तिमी नसम्झिएकै दिन मेरा यात्रा सकिन्छन् ।

Comments

Popular posts from this blog

मलाई बा सम्झाइदिनु

खुसी

नशा