मलाई बा सम्झाइदिनु

मैले खाएको थाल उठाउन बिर्सें भने बा ले पातमा खाएको सम्झाइदिनु

जतन गरि खान जानिन भने बा लाई खान नपाएर लागेका रोग सम्झाइदिनु केही गरि आफ्ना कर्तव्य भुलिदिएँ भने त्यो पाखोमा बा ले मलाई हुर्काएको सम्झाइदिनु जिन्दगी न हो, कोशिश गर्दागर्दै हार खाएँ भने बा ले हारेर पनि जितेका कहानी सम्झाइदिनु
मन गर्हौँ भएर आँसु झर्न सकेनन् भने एकान्तमा बा रोएको सम्झाइदिनु प्रिय तिम्रो चित्त केही गरि दुखाएँ भने बा को मुटु मेरी आमा सम्झाइदिनु मलाई हर सुख
दुखमा बा सम्झाइदिनु हर सफलता अनि हारमा बा सम्झाइदिनु भगवान तिमीलाई यति माग्छु म आफुलाई बिर्सदा होस् या सम्झदा मलाई बा सम्झाइदिनु बा नहुँदा मलाई अरु पर्दैन, कसैले केवल बा भनिदिनु म सबथोक भुलिदिन सक्छु तर मेरा बा र उनका संघर्ष ... अहँ ।

Comments

Popular posts from this blog

तिमी

शुभकामना