शुभकामना
छुटेका चप्पल चुँडाइदिन सँगै कुदेकाहरुलाई शुभकामना
टालेको छानो चुहाइदिन ढुङ्गा हान्नेहरुलाई शुभकामना
हिजो मलाई घृणा गर्थे आज सक्ने भएछु नजिक आएका छन्
थाहा छ तानेरै भएपनी पछि पार्छन् उनीहरुलाई आजै शुभकामना
भोलिहरु पिडादायी बनाउन बन्दै गरेका यी यादहरुलाई शुभकामना
प्रेमको भाषा थरीथरी रहेछ यता आमा कुरिरहेछिन् उता उनी कुराइरहेछिन्
माया एक नाटक सिद्ध भयो पुनः मंचन गरिरहेकी उनीलाई शुभकामना ।
Comments
Post a Comment