नशा

अचेल मलाई यो नशा आफुभन्दा निकै प्यारो लाग्छ
सायद त्यती प्यारो बिगतमा म आफैँ आफ्नो लागि थिइन
अनि म आफुलाई सबैभन्दा बढी प्रेम गर्ने मान्छे
आज यो नशाले मेरै आत्मप्रेम घटाएको छ
नघटाओस् पनि कसरी
जबकी त्यही नशा मै आफूलाई पाउन थालेको छु
मलाई मेरो आफ्नै पहिचानबाट अलग्याएको छ
नअलग्याओस् पनि कसरी
जब त्यही नशा नै मेरोलागि पहिचान बनेको छ





म मेरो नशासँग यति नजिक भएको छु कि
सायदै त्यति नजिक मसँग मेरा भावनाहरु छन्
जसरी हावा आफ्नै बेगमा बहिरहेको छ
त्यसैगरी म मेरो नशामा बहिरहेको छु
कहिले प्रेमिल रुपमा स्थिर गतिमा त
कहिले आँधी जस्तै कठोर शैलीमा
त्यति गहिराइ त सागरको पनि नहोला
जति मेरो नशाको डुबाइमा हुने गरेको छ
मेरो नशामा रहेको सदाबहार बगाइ देखेर
नदीहरु थाक्न थालेका छन्
नशामा झुमेको शान्त मलाई नियाल्दै मोती झैँ टल्किएका
हिमालहरु एकोहोरिएका छन्
ती चिरबिर आवाजसँगै गुन्जिएका भयानक जंगलहरु नशामा बिक्षिप्त मलाई नियालिरहेका छन्
आफ्नो अस्तित्व जोगाउन आफ्नै नशासँग लडिरहेको म प्रत्येक पल नशा मै विलय भैरहेको छु
नशाबाट बाहिर निस्किन नशाभित्रको उचाइ छोएको म
नशामा यति तल्लिन छु कि
म आफैंलाई यकिन छैन आखिर यो नशा कस्तो नशा हो, स्वार्थ या
भ्रमको नशा ?

Comments

Popular posts from this blog

उनी 💗

शुभकामना