उनी मेरो लागि यस्ती थिइन कि जस्तो अन्त्यको लागि सुरुवात थियो अनि मृत्युको लागि जन्म । उनले अन्तिम पल्ट मेरालागि निकालेका ती प्रेमिल शब्दहरुको सङ्गालो मलाई संसार कै उत्कृष्ट लाग्छ । उचाइमा पुगेको बेलुन आफै फुटेझैँ उ चाइमा पुगेको सम्बन्ध टुट्दा फुटेको बेलुनझैँ आफ्नो अस्तित्व हराएको पाउँछु । फल लागेपछी झरेको फुल बिर्सिएको बोटले झैँ उनले बिर्सिएको आभास हुन्छ । नचाँहदा नचाँहदै उनको प्रतिकारमा उत्रीएका यी शब्दहरुले उनका पाइलाहरुलाई झनै आफुबाट टाढा बनाउन सहयोग गर्दैछन् । मेरो हृदयको क्यानभासमा कोरिएको उनको तस्वीरहरु यति सुन्दर छन् कि सायदै यहाँका रङ्गहरुले सुन्दर देखिएलान् । ती तस्वीरहरु यसरी कोरिएका छन् कि न उनलाई बिर्सिन दिएका छन्, न त उनका लागि पत्थर सावित भएको यो मनले उनका यी तस्वीरहरु मेटाउन नै सकेका छन् । जीवनको समाप्तिसम्म उनका साथ र सामीप्यताले प्रत्येक पल सजाउने सुनौलो सपनाहरुमा यसरी खिया लागेका छन् कि जीवन जिउन देखेका हरेक सपनाहरुले रङ्ग बदल्न थालेका छन् । मलाई जीवन दिएकाहरुले नै जीवनको कठिनता सिकाउँदै छन् मलाई बचाएर राखेका यी हाव...
Comments
Post a Comment