Posts

Showing posts from September, 2021

म को हुँ ?

Image
म कसैको लागि ठेट्नो हुँ कसैको लागि गुदी हुँ त कसैको लागि भुस । हो म त्यो सिङ्गो आवरण हुँ जसको अस्तित्व एकै छैन । मेरो अङ्ग अङ्ग अनुसार मेरो पहिचान, उपयोग भिन्नभिन्न छ । हो म त्यो ठेट्नो हुँ जसलाई गुदिको आशमा मरेतुल्य कुटिएको छ । म त्यही ठेट्नो बिचबाट निस्किएको गुदीपनी हुँ जसको महत्व भुसबाट अलग्याएर केही खास बनाइएको छ । म त्यही भुस पनि हुँ जसले गुदीको ख्याल राखेको थिएँ । तिमी मलाई के बनाउन चाहन्छौ तिम्रो मर्जी । तर म पुर्ण छु, थाहा छ अब रहन्न । तिमीले जे बनाएपनी टुट्ने म नै हुँ । तिमी मलाई ठेट्नोलाई झैँ कुटेर गुदी आफुसँग राखी भुसलाई झैँ अलपत्र छोड्न सक्छौ । यदी तिमी मलाई प्रेम गर्छौ भने- भुस 'मेरो अंश' जसलाई मल बनाइदिनु मैले फेरि आफैलाइ पुनर्जीवन दिनु छ । गुदीको केही अंस माटोमा गाडिदिनु अनि कुहिएको भुस हालिदिनु । तिम्रो मर्जीको लागि भएपनी पुनः मलाई आफैंले आफुलाई जन्माउनु छ । टुकृएको "म" लाई सिङ्गो फेरि बनाउनु छ । किनकि तिमीले पनि त बाँच्नु छ, तिम्रो पनि त अस्तित्व छ ।

तिमी

Image
                                  आँखाहरु तिम्रै तस्बिरमा रोकिन्छन् अक्सर सोचाइहरु तिमीतिरै मोडिन्छन् परिवार अनि आफन्त सबै सँगै छ न् फगत ती साथहरुमा तिम्रै कमी भेटिन्छन् थाहा छ तिमी अब फर्किन्नौ भन्ने तैपनि बारबार तिमीलाई भुल्ने प्रयास तोडिन्छन् गन्तव्य छ, सपना छन्, हिँड्नु धेरै छ तिमीबिना बाटाहरु धमिला देखिन्छन् बिर्सन कै लागि हरेक पल तिमीलाई सम्झन्छु निश्चय, तिमी नसम्झिएकै दिन मेरा यात्रा सकिन्छन् ।