उनी 💗
उनी मेरो लागि यस्ती थिइन कि
जस्तो अन्त्यको लागि सुरुवात थियो
अनि मृत्युको लागि जन्म ।
उनले अन्तिम पल्ट मेरालागि निकालेका
ती प्रेमिल शब्दहरुको सङ्गालो
मलाई संसार कै उत्कृष्ट लाग्छ ।
उचाइमा पुगेको बेलुन आफै फुटेझैँ उ
चाइमा पुगेको सम्बन्ध टुट्दा
फुटेको बेलुनझैँ आफ्नो अस्तित्व हराएको पाउँछु ।
फल लागेपछी झरेको फुल बिर्सिएको बोटले झैँ
उनले बिर्सिएको आभास हुन्छ ।
नचाँहदा नचाँहदै उनको प्रतिकारमा उत्रीएका यी शब्दहरुले
उनका पाइलाहरुलाई झनै आफुबाट टाढा बनाउन सहयोग गर्दैछन् ।
मेरो हृदयको क्यानभासमा कोरिएको उनको तस्वीरहरु
यति सुन्दर छन् कि
सायदै यहाँका रङ्गहरुले सुन्दर देखिएलान् ।
ती तस्वीरहरु यसरी कोरिएका छन् कि
न उनलाई बिर्सिन दिएका छन्,
न त उनका लागि पत्थर सावित भएको यो मनले
उनका यी तस्वीरहरु मेटाउन नै सकेका छन् ।
जीवनको समाप्तिसम्म उनका साथ र सामीप्यताले
प्रत्येक पल सजाउने सुनौलो सपनाहरुमा यसरी खिया लागेका छन् कि
जीवन जिउन देखेका हरेक सपनाहरुले रङ्ग बदल्न थालेका छन् ।
मलाई जीवन दिएकाहरुले नै जीवनको कठिनता सिकाउँदै छन्
मलाई बचाएर राखेका यी हावाहरुले
प्रत्येक पल सुस्केरी हाल्दा उनकै आभास गराउँछन् ,
यी पानीका थोपाहरुका स्पर्शले
उनकै स्पर्शको स्मरण गराउँछन् ।
हावाको बहावमा उनी छिन् ,
पानीको स्पर्शमा उनी छिन्
र त यीनीहरु महसुस हुने गरेका छन् ।
न यी हावा र पानीको सौर्न्दर्यसँग रमाउन नै सकेको छु,
न त यीनीहरुलाई अलग्याएर जिउन नै ।
मेरा लागि,
यी हावापानी छन् र त उनी छिन्,
उनी छिन् र त यी हावापानी छन् ,
त्यसैले त उनी खास छिन् ।

Comments
Post a Comment