म को हुँ ?

म कसैको लागि ठेट्नो हुँ
कसैको लागि गुदी हुँ
त कसैको लागि भुस ।
हो म त्यो सिङ्गो आवरण हुँ
जसको अस्तित्व एकै छैन ।
मेरो अङ्ग अङ्ग अनुसार
मेरो पहिचान, उपयोग
भिन्नभिन्न छ ।



हो म त्यो ठेट्नो हुँ
जसलाई गुदिको आशमा
मरेतुल्य कुटिएको छ ।
म त्यही ठेट्नो बिचबाट निस्किएको
गुदीपनी हुँ
जसको महत्व
भुसबाट अलग्याएर केही
खास बनाइएको छ ।
म त्यही भुस पनि हुँ
जसले गुदीको ख्याल राखेको थिएँ ।
तिमी मलाई के बनाउन चाहन्छौ
तिम्रो मर्जी ।
तर म पुर्ण छु,
थाहा छ अब रहन्न ।
तिमीले जे बनाएपनी
टुट्ने म नै हुँ ।
तिमी मलाई ठेट्नोलाई झैँ कुटेर
गुदी आफुसँग राखी भुसलाई झैँ
अलपत्र छोड्न सक्छौ ।
यदी तिमी मलाई
प्रेम गर्छौ भने- भुस
'मेरो अंश' जसलाई मल बनाइदिनु
मैले फेरि आफैलाइ पुनर्जीवन दिनु छ ।
गुदीको केही अंस माटोमा गाडिदिनु
अनि कुहिएको भुस हालिदिनु ।
तिम्रो मर्जीको लागि भएपनी
पुनः मलाई आफैंले आफुलाई
जन्माउनु छ ।
टुकृएको "म" लाई
सिङ्गो फेरि बनाउनु छ ।
किनकि तिमीले पनि त बाँच्नु छ,
तिम्रो पनि त अस्तित्व छ ।

Comments

Popular posts from this blog

तिमी

मलाई बा सम्झाइदिनु

शुभकामना