चक्र
जिन्दगी दोबाटो जस्तै थियो
को आए को गए सायदै याद रहन्थे
स्वतन्त्र हावा झैं थिए दैनिकी
न कसैको सोचाइमा बहनु थियो
न त कसैको सम्झनामा रोकिनु नै
को आए को गए सायदै याद रहन्थे
स्वतन्त्र हावा झैं थिए दैनिकी
न कसैको सोचाइमा बहनु थियो
न त कसैको सम्झनामा रोकिनु नै
तर आज समय उही रहेन
आउनेहरुको याद हुन थालेको छ
अनि जानेहरुको सम्झना रहन
किनकी ॠतु अनुसार पालुवा फेरिएझैँ
फेरिएका छन् साथहरु
आउनेहरु झुटा आशा लिएर आएका छन्
अनि जानेहरु मन पत्थर बनाएर
नयाँ पातहरुले मेटाएनन् पुराना खोटहरु
जानेहरु गएका छन पत्थरमा चोट लेखाएर ।
आउनेहरुको याद हुन थालेको छ
अनि जानेहरुको सम्झना रहन
किनकी ॠतु अनुसार पालुवा फेरिएझैँ
फेरिएका छन् साथहरु
आउनेहरु झुटा आशा लिएर आएका छन्
अनि जानेहरु मन पत्थर बनाएर
नयाँ पातहरुले मेटाएनन् पुराना खोटहरु
जानेहरु गएका छन पत्थरमा चोट लेखाएर ।
समय र प्रकृतिको चक्रसँगै सायद यस्ता चोटहरु लेखिइरहनेछन् । जति अरुले दिएको चोटले हामीमा महत्त्व राखेको हुन्छ त्यति नै हामीले अरुलाई दिएको चोटले पनि राखेको हुन्छ।
ReplyDelete