Posts

Showing posts from August, 2020

उनी 💗

Image
उनी मेरो लागि यस्ती थिइन कि  जस्तो अन्त्यको लागि सुरुवात थियो  अनि मृत्युको लागि जन्म । उनले अन्तिम पल्ट मेरालागि निकालेका ती प्रेमिल शब्दहरुको सङ्गालो  मलाई संसार कै उत्कृष्ट लाग्छ । उचाइमा पुगेको बेलुन आफै फुटेझैँ उ चाइमा पुगेको सम्बन्ध टुट्दा  फुटेको बेलुनझैँ आफ्नो अस्तित्व हराएको पाउँछु । फल लागेपछी झरेको फुल बिर्सिएको बोटले झैँ  उनले बिर्सिएको आभास हुन्छ । नचाँहदा नचाँहदै उनको प्रतिकारमा उत्रीएका यी शब्दहरुले  उनका पाइलाहरुलाई झनै आफुबाट टाढा बनाउन सहयोग गर्दैछन् । मेरो हृदयको क्यानभासमा कोरिएको उनको तस्वीरहरु यति सुन्दर छन् कि सायदै यहाँका रङ्गहरुले सुन्दर देखिएलान् । ती तस्वीरहरु यसरी कोरिएका छन् कि न उनलाई बिर्सिन दिएका छन्, न त उनका लागि पत्थर सावित भएको यो मनले  उनका यी तस्वीरहरु मेटाउन नै सकेका छन् । जीवनको समाप्तिसम्म उनका साथ र सामीप्यताले  प्रत्येक पल सजाउने सुनौलो सपनाहरुमा यसरी खिया लागेका छन् कि जीवन जिउन देखेका हरेक सपनाहरुले रङ्ग बदल्न थालेका छन् । मलाई जीवन दिएकाहरुले नै जीवनको कठिनता सिकाउँदै छन्  मलाई बचाएर राखेका यी हाव...

नशा

Image
अचेल मलाई यो नशा आफुभन्दा निकै प्यारो लाग्छ सायद त्यती प्यारो बिगतमा म आफैँ आफ्नो लागि थिइन अनि म आफुलाई सबैभन्दा बढी प्रेम गर्ने मान्छे आज यो नशाले मेरै आत्मप्रेम घटाएको छ नघटाओस् पनि कसरी जबकी त्यही नशा मै आफूलाई पाउन थालेको छु मलाई मेरो आफ्नै पहिचानबाट अलग्याएको छ नअलग्याओस् पनि कसरी जब त्यही नशा नै मेरोलागि पहिचान बनेको छ म मेरो नशासँग यति नजिक भएको छु कि सायदै त्यति नजिक मसँग मेरा भावनाहरु छन् जसरी हावा आफ्नै बेगमा बहिरहेको छ त्यसैगरी म मेरो नशामा बहिरहेको छु कहिले प्रेमिल रुपमा स्थिर गतिमा त कहिले आँधी जस्तै कठोर शैलीमा त्यति गहिराइ त सागरको पनि नहोला जति मेरो नशाको डुबाइमा हुने गरेको छ मेरो नशामा रहेको सदाबहार बगाइ देखेर नदीहरु थाक्न थालेका छन् नशामा झुमेको शान्त मलाई नियाल्दै मोती झैँ टल्किएका हिमालहरु एकोहोरिएका छन् ती चिरबिर आवाजसँगै गुन्जिएका भयानक जंगलहरु नशामा बिक्षिप्त मलाई नियालिरहेका छन् आफ्नो अस्तित्व जोगाउन आफ्नै नशासँग लडिरहेको म प्रत्येक पल नशा मै विलय भैरहेको छु नशाबाट बाहिर निस्किन नशाभित्रको उचाइ छोएको म नशामा यति तल्लिन छु कि म आफैंलाई यकिन छैन आखिर यो नशा कस्तो...

चक्र

Image
जिन्दगी दोबाटो जस्तै थियो को आए को गए सायदै याद रहन्थे स्वतन्त्र हावा झैं थिए दैनिकी न कसैको सोचाइमा बहनु थियो न त कसैको सम्झनामा रोकिनु नै तर आज समय उही रहेन आउनेहरुको याद हुन थालेको छ अनि जानेहरुको सम्झना रहन किनकी ॠतु अनुसार पालुवा फेरिएझैँ फेरिएका छन् साथहरु आउनेहरु झुटा आशा लिएर आएका छन् अनि जानेहरु मन पत्थर बनाएर नयाँ पातहरुले मेटाएनन् पुराना खोटहरु जानेहरु गएका छन पत्थरमा चोट लेखाएर ।